सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भकुण्डेबाट ‘सडक मानव’को उद्धार

भकुण्डेबाट ‘सडक मानव’को उद्धार

6500
Shares
भकुण्डेबाट ‘सडक मानव’को उद्धार

काभ्रे : नमोबुद्ध नगरपालिकाको भकुण्डेबेशी बजारमा अलपत्र अवस्थामा रहेका एक व्यक्तिको उद्धार गरिएको छ ।नमोबुद्ध नगरपालिकाको पहलमा उद्धार गरिएका ती व्यक्तिलाई मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा पठाइएको छ । नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मासहित नगरपालिका र मानव कल्याण समाजको टोली ती व्यक्तिको उद्धारका लागि पुगेको थियो ।

हिन्दी भाषामात्रै बोल्ने अन्दाजी ३५ बर्ष उमेरमा ती व्यक्ति झण्डै तीन सातादेखि भकुण्डे बजारमा अलपत्र अवस्थामा रहेका थिए । सडकमै बस्दै आएका उनको नाम ठेगाना खुल्न सकेको छैन । नमोबुद्ध नगरपालिकालाई सडक मानवमुक्त नगर बनाउने उद्देश्यले ती व्यक्तिको उद्धार गरिएको र उनको हेरचाह तथा स्वास्थ्य उपचार लगायतको व्यवस्थापन मानव कल्याण समाजमा हुने नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।

‘घर परिवारबिहीन अवस्थामा रहका सडक मानवको उचित हेरचाह र सेवाका लागि नगरपालिकाले विगतदेखि नै पहलकदमी लिएको छ’ तिमल्सिनाले भने । नमोबुद्ध नगरपालिकाले सडकमा अलपत्र अवस्थामा बस्दै आएका व्यक्तिहरुको उद्धार, हेरचाहका लागि मानव कल्याण समाजसँग सम्झौता गरेर सडक मानवको उद्धार गर्दै आएको छ ।

पछिल्लो एक बर्षमा भकुण्डे क्षेत्रबाट सडक मानवको उद्धार गरिएको यो चौथोपटक हो । यसअघि नगरपालिकाको पहलमा तीन जनाको उद्धार भइसकेको छ । तीनैजना हाल मानव कल्याण समाजको सेवा घरमा आश्रित छन् ।

6500
Shares

ट्रेन्डिङ