सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यस्ता छन् बाह्रवर्षे मकर मेलाका लागि बजारमा आएका ५ गीत (भिडियो सहित )

यस्ता छन् बाह्रवर्षे मकर मेलाका लागि बजारमा आएका ५ गीत (भिडियो सहित )

3825
Shares
यस्ता छन् बाह्रवर्षे मकर मेलाका लागि बजारमा आएका ५ गीत (भिडियो सहित )

 

काभ्रेको पनौतीमा बाह्रवर्षे मकर मेला भोलीबाट विधिवत् रुपमा सुरु हुँदै छ ।

ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा मौलिक बाजा गाजा र झाकी सहित आज मकर मेला स्नानको शुभारम्भ भएको छ ।

मकर मेलामा भव्यरुपमा नगर्ने पनौती नगरपालिकाले बताइसकेको छ । चहलपहल खासै नभएपनि मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ।

मकर मेला कोरोना भाइरसका कारण स्नानमा मात्रै सिमित हुने भएपनि केहि संगीतकर्मीहरुले मकर मेलाको प्रचारको लागि केहि गीतहरु बजारमा ल्याएका छन् ।

यस्ता छन् मकर मेलाका लागि बजारमा आएका ५ गीत :

पनौती मकर मेला
पनौती नगरपालिका र इन हाउस क्रियसनको संयुक्त पनौती मकर मेला गीत बजारमा आएको छ । काभ्रेको पनौतीमा लाग्ने १२ वर्षे मकर मेलालाई सान्दिर्भक बनाएर उक्त गीत सार्वजनिक गरिएको हो ।

लोक गायीका शर्मिला श्रेष्ठ र गायक गोकुल राउतको स्वर रहेको गीतमा शब्द तथा संगीत शर्मिला श्रेष्ठकै रहेको छ । गीतको संगीत संयोजन दिनेश लामाले गरेका छन्। भिमसेन अधिकारीको भिडियोको निर्देशनमा बनेको भिडियोमा सिनेमाटोग्राफी सुरेश श्रेष्ठले गरेका छन् ।

१२ वर्षे पनौती मेला
१२ बर्षे मकर मेलाको बारेमा रहेका किंबदन्तिहरु समेटिएको १२ वर्षे पनौती मेला बोलको गीत सार्वजनिक भएको छ ।

किरण गौतम र सृजना श्रेष्ठको आवाजमा रहेको गीतको लय तथा शब्द किरण गौतमकै रहेको छ । यस गीतमा मकर मेलाको बारेमा रहेका किंबदन्तिहरुलाई समावेश गरिएको छ ।

पन्तियाः मकर मेला
पनौतीको त्रिवेणीघाटमा लाग्ने १२ वर्षे मकर मेलाको प्रचार सहित अर्काे गीत पनि बजारमा छ ।

पन्तियाः मकर मेला नामले सार्वजनिक भएको गीत नेपाली भाषा रहेको छ । भोला श्रेष्ठले लेखेका यस गीतमा यमन श्रेष्ठ र निशा देशार को आवाज रहेको छ ।

पनौती जाउँ
लोकप्रीय गायक बाल कृष्ण श्रेष्ठले पनि पनैती र मकर मेलाको गुनगान गाउँदै एउटा गीत ल्याएका छन् ।

पनौती जाउँ नाम ले बजारमा आएको उक्त गीतमा बाल कृष्ण श्रेष्ठ र रजिना रिमालको आवाज छ । बाल कृष्ण श्रेष्ठको लय शब्दमा रहेको यस गीतमा संगीत पनि उनैको छ ।

पनौती मकर मेलामा
पनौती र मकर मेलाको गर्दै पनौती मकर मेलामा बोलको गीत पनि सार्वजनिक भएको छ ।

सेलो भाकामा रहेको उक्त गीतमा रत्न प्रसाद श्रेष्ठले लेखेका उक्त गीतमा बिक्रम थापा र विनुषा राई ले आवाज दिएका छन् । यस गीतमा लय विक्रम थापाकै रहेको छ ।

 

3825
Shares

ट्रेन्डिङ