सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सार्वजनिक यातायातमा जोर-विजोर प्रणाली हट्यो

सार्वजनिक यातायातमा जोर-विजोर प्रणाली हट्यो

6850
Shares
सार्वजनिक यातायातमा जोर-विजोर प्रणाली हट्यो

 

काठमाडौं, १४ माघ : काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर-विजोर प्राणली हटेको छ ।

शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोर-विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ । सो निर्णय आज मध्यरातिबाट नै लागू हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।

यसअघि शुक्रबार नै को भिड  संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो ।

यस्तै विद्यालय, रात्रीकालिन व्यवसाय र फिल्म हल पनि माघ मसान्तसम्म बन्द नै राख्ने निर्णय पनि भएको छ ।

 

6850
Shares

ट्रेन्डिङ