सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

4980
Shares
बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

 

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट यही माघ ८ गते हराएको मूर्ति फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले खुमलटारस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिर नजिक आज बिहान मूर्ति फेला परेको जानकारी दिए ।

‘प्र ह री प्रशासनको अत्यन्त दबावमूलक अनुसन्धान, प्राथमिकता र स्थानीयको जागरुकताको कारण मूर्ति फेला परेको छ,’ उनले भने ।

ललितपुर प्र ह री प्रमुख यज्ञविनोद पोखरेलका अनुसार सशस्त्र प्र ह रीको क्याम्पको नजिक रहेको करूणा मन्दिर अगाडि मूर्ति जस्ताको तस्तै भेटिएको छ ।

 

बालकुमारी माईको उक्त मूर्तिलाई प्रहरीले जावलाखेल लगिसकेको छ । केहीबेरमा मूर्तिलाई सुनाकोठी पठाउने तयारी भइरहेको छ ।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति चो री भएको थियो ।

सुनाकोठीको गुठीले मूर्ति फेला पार्नेलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

 

4980
Shares

ट्रेन्डिङ