सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एमाले काभ्रेको उपाध्यक्ष पदमा तीन जना भिड्ने

एमाले काभ्रेको उपाध्यक्ष पदमा तीन जना भिड्ने

4550
Shares
एमाले काभ्रेको उपाध्यक्ष पदमा तीन जना भिड्ने

 

काभ्रे : नेकपा एमाले काभ्रेको उपाध्यक्ष पदका लागि तीन जनाले प्रतिस्पर्धा गर्न भएका छन् ।

जारी १० औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि उपाध्यक्ष पदका लागि चुनाव हुनेछ । उपाध्यक्षमा कञ्चन अधिकारी,चन्द्र लामा र हरिशरण दाहालले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्ष पदका दाबेदारी चन्द्र लामा काभ्रे संघिय क्षेत्र नं १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नं २ का सांसद हुन् । त्यस्तै लामा बागमति प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्री समेत भइसकेका छन् ।

अर्का दाबेदार कञ्चन अधिकारी पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको विश्वासिलो ब्यक्ति मानिन्छन् । समकालिन जिल्लाको राजनीतिमा अधिकारीलाई अवसरबाट बञ्चित नेताको रुपमा समेत चित्रण गरिन्छ ।

अधिकारी अहिलेसम्म विचलित भएका छैनन् । उनी राजनीतिलाई निरन्तरता दिँदै आएका छन् । यी पदका लागि भोलि बिहान ७ बजे बाट निर्वाचन हुने एमाले काभ्रेले जनाएको छ ।

भोली हुने निर्वाचनमा प्रतिनिधीले विद्युतिय भोटिङ मेसिनबाट मतदान गर्नेछन् ।

यसअघि हिजो एमाले काभ्रेको अध्यक्षमा धुलिखेल नगरपालिकाका मेयर समेत रहेका अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई सर्वसहमतिबाटै निर्वाचित गराई सकेको छ ।

 

4550
Shares

ट्रेन्डिङ