सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

काभ्रेमा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

19590
Shares
काभ्रेमा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयमा २५ बर्षीय युवराज दाहाल रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिनुभयो । दाहाल चालक र सवारी धनी पनि हुन् ।

बजारबाट गाउँ जाने क्रममा गाडी सडकबाट पल्टिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख कोइरालाले बताउनुभयो । गाडीमा अन्य ब्यक्ति सवार थिएनन् । दुर्घटना हिजो साँझ भएको हो ।

19590
Shares

ट्रेन्डिङ