सबैको समाचार
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • काभ्रेको मुक्तिनाथ मन्दिरको दानपेटिका चोरी

काभ्रेको मुक्तिनाथ मन्दिरको दानपेटिका चोरी

20435
Shares
काभ्रेको मुक्तिनाथ मन्दिरको दानपेटिका चोरी

काभ्रेको एक मन्दिरमा चोरी भएको छ । जिल्लाको पनौती नगरपालिका वडा नं ५ स्थिति मुक्तिनाथ मन्दिरमा आज राति चोरी भएको हो ।

राती २ बजे दान पेटीकाको भेटी चोरी भएको हो । मन्दिरमा जडान भएको सिसि क्यामेरामा उक्त चोरीको भिडियो कैद भएको छ । उक्त भिडियो सामाजिक संजालमा पनि आइसकेको छ ।

मन्दिरको दान पेटिकामा रहेको झण्डै ३० हजार बराबर रकम चोरी भएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यसबारेमा प्रहरीलले अनुसन्धान सुरु गरेको र छिट्टै चोरी घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्ने आश्वासन प्रहरीले दिएको सचिव राजेन्द्र थापाले सबैको समाचारलाई जानकारी दिए ।

सीसी टिभि फुटेज पनि भएकाले अनुसन्धानमा सहज हुने थापाले बताएका छन् ।

20435
Shares

ट्रेन्डिङ