सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • च्यासल युथ क्लब ‘बी’ डिभिजनमा घटुवा

च्यासल युथ क्लब ‘बी’ डिभिजनमा घटुवा

8215
Shares
च्यासल युथ क्लब ‘बी’ डिभिजनमा घटुवा

 

काठमाडौं, ७ फागुन: च्यासल युथ क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छदै बी डिभिजनमा घटुवा भएको हो ।

 

च्यासल तीन सिजन शीर्ष डिभिजनको लिग खेलेर रेलिगेसनमा परेको हो । च्यासल २०७३ सालमा ए डिभिजनमा बढुवा भएको थियो । फ्रेन्ड्सलाई जित दिलाउन जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । च्यासलका मौसा अबगानाले एक गोल फर्काए ।

 

खेलको ३८ औं मिनेटमा जमौल एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान नाथनियल जुड गार्सियाको हेडर पासमा उनले उत्कृष्ट चिप गोल गरे । खेलको ४३ औं मिनेटमा जमौल एन्थोनीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाए ।

 

च्यासलका अविशेक लिम्बुले पेनाल्टी क्षेत्रभित्र एन्थोनीलाई लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि खेलको ५६ औं मिनेटमा मौसाले पेनाल्टीबाट एक गोल फर्काएपनि च्यासल २-१ ले पराजित भयो ।

 

फ्रेन्ड्सका गोलकिपर राहुल यादवले पेनाल्टी क्षेत्रभित्र राजिब लोप्चनलाई फउल गर्दै लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । त्यसअघि खेलको २० औं मिनेटमा फ्रेन्ड्सका कप्तान नाथनियलको फ्रि-किक पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।

 

यस्तै २३ औं मिनेटमा राजिब लोप्चनको प्रहार क्रसबारमा लागेर फर्किदा च्यासल सुरुआती अग्रता बनाउन चुकेको थियो । यस जितसँगै फ्रेन्ड्सले १२ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्स लिगको १२ औं स्थान रहेको छ । च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।

 

8215
Shares

ट्रेन्डिङ