सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा

पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा

4250
Shares
पक्राउ परेका बञ्चरेडाँडाका स्थानीय रिहा

प्रहरीको नियन्त्रणमा रहेका बञ्चरेडाँडाका स्थानीय रिहा भएका छन् ।

नुवाकोटको इलाका प्रहरी कार्यालय ककनीमा बुधबारदेखि नियन्त्रणमा रहेको बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, तपन उप्रेती र कृष्ण बजगाईंलाई प्रहरीले छाडेको हो ।

 

प्रहरी नियन्त्रणमा रहेका तीनै जनालाई बिहीबार बिहान १० बजे छाडेको नुवाकोटका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले  जानकारी दिए ।

कार्कीका अनुसार आन्दोलनकारीहरुले प्रहरी माथि हातपात र फोहोर बोकेका सवारी साधन तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

यता बञ्चरेडाँडाका स्थानीयहरुले अब प्रधानमन्त्रीसँग नै वार्ता गर्ने तयारी भएको बताएका छन् ।

4250
Shares

ट्रेन्डिङ