सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच भोलि वार्ता हुने

बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच भोलि वार्ता हुने

3880
Shares
बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा संघर्ष समिति र मन्त्रालयबीच भोलि वार्ता हुने

काठमाडौं महानगरको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ । काठमाडौंको फोहर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो । स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ ।

मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै बिग्रिएको थियो ।

विवाद बढ्दै गएपछि त्यसको समाधानका लागि सरकार र आन्दोनरत पक्षबीच भोलि वार्ता हुने भएको हो । भोलिको वार्तामा सरकार तर्फबाट सहरी विकास मन्त्री रामकुमारी झाँक्री, आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना, फोहोरमैलाबाट प्रभावित नुवाकोट र धादिङका वडाध्यक्ष लगायतका सहभागी हुने जनाइएको छ । वार्ता बिहान ८ बजे मन्त्रालयमा हुँदैछ ।

यसअघि सहरी विकास मन्त्रालयले सोमबार प्रभावित क्षेत्रका गाउँपालिका नुवाकोटको ककनी र धादिङको धुनिबेसी नगरपालिका प्रमुखलाई राखेर बञ्चरेडाँडामा फोहर फाल्ने सम्झौता गरेको थियो । तर स्थानीयलाई सहभागी नगराएको र प्रभावित क्षेत्रका वडा अध्यक्षलाई नराखेको भन्दै स्थानीयले त्यसलाई अस्वीकार गरेका थिए ।

3880
Shares

ट्रेन्डिङ