सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको बनेपा नगरले भन्यो कुहिने र नकुहिने फोहोर छुट्टै राख्नुस्

काभ्रेको बनेपा नगरले भन्यो कुहिने र नकुहिने फोहोर छुट्टै राख्नुस्

4985
Shares
काभ्रेको बनेपा नगरले भन्यो कुहिने र नकुहिने फोहोर छुट्टै राख्नुस्

काभ्रेको बनेपा नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गर्न नगरबासीलाई अनुरोध गरेको छ ।

घर तथा पसलबाट निस्कने जैविक र अजैविक फोहोर छुट्टा छुट्टै संकलन गरी सम्बन्धीत गाडीमा मात्रै फोहोर उपलब्ध गराउन भनिएको छ । यो नियम साउन १ गतेबाट लागू हुनेछ । फोहोर नछुट्याए साउन कारबाही गर्ने पनि बताइएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि कानुन अनुसार जरिवाना गर्ने बताएको हो । फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक जरिवाना गरिने नगरपालिकाको चेतावनी छ ।

फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले यस्तो निर्णय गरिएको नगरपालिकाको भनाइ छ । यस अघि काठमाण्डौँ महानगरपालिकाले पनि साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गर्न महानगरबासीलाई अनुरोध गरेको छ ।

4985
Shares

ट्रेन्डिङ