सबैको समाचार
बुधबार, साउन २५, २०७९
  • होमपेज
  • भुम्लु गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

भुम्लु गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

भुम्लु गाउँपालिकाको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले  पारित

काभ्रे । जिल्लाको भुम्लु गाउँपालिकाले आर्थिक बर्ष २०७९/ ०८० को लागि बजेट सर्वसम्मत पारित गरेको छ । असार १० गते नीति तथा कार्यक्रम पारित गरेपनि बजेट पारित गरेको थियो । गाउपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ बजेट पारित गरेको हो ।

मंगलवार पालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलको अध्यक्षतामा एक समारोहका बीच गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङले बजेट प्रस्ताव गरेपछि सर्वसम्मतले पारित गरेको हो ।

भुम्लु गाउँपालिकाले कृषिलाई विशेष प्राथमिकता दिएको छ । जसमा रैथाने बाली फापरलाई प्रोत्साहित गर्नका लागि प्रति पाथी  ३० रुपैयाँ अनुदान दिने र कोदो प्रति पाथि लागि २५ रुपैयाँ अनुदान दिने बजेटमा रहेको छ ।

त्यस्तै दुध प्रति लिटरको १ रुपैयाँ अनुदान दिने, गाउँपालिका स्तरीय कृषि अनुसन्धान तथा सिकाइ केन्द्र स्थापनाको लागि ६५ लाख रकम विनियोजित गरिएको छ । एक वडा एक कृषि उपज संकलन केन्द्र स्थापनाका लागि २४ लाख रकम विनियोजित गरिएको छ ।

गाउँपालिकाले कुल बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ ल्याएको छ । जस अन्तर्गत कृषिमा ३ करोड ४३ लाख ७० हजार, पशु सेवामा २ करोड २० लाख ७० हजार, शिक्षामा ४ करोड ७२ लाख ८७ हजार ५ सय १५, पूर्वाधार विकासमा ११ करोड ८० लाख, स्वास्थ्यमा ३ करोड ७२ लाख ८७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा २१ करोड ७३ लाख ३९ हजार ३ सय, वडा कार्यालय तर्फ १४ करोड ९१ लाख ८० हजार, संघीय ससर्त चालु तर्फ २० करोड २९ लाख, संघीय शसर्त पुँजिगत १ करोड २ लाख, प्रदेश सशर्त चालुमा २ करोड ५५ लाख ९२ हजार, प्रदेश बिशेष अनुदान अन्र्तगत आयोजनामा एक करोड ५ लाख र प्रदेश समपुरक अनुदान अन्र्तगतका आयोजना २ करोड ५० लाख रहेको छ । आज भएको सभाले वन ऐन पारित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका