सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • वनएक्स बेटको प्रचार गरेको आरोपमा काभ्रेका थापा पक्राउ

वनएक्स बेटको प्रचार गरेको आरोपमा काभ्रेका थापा पक्राउ

2760
Shares
वनएक्स बेटको प्रचार गरेको आरोपमा काभ्रेका थापा पक्राउ

काठमाडौं । अवैध अनलाइन सट्टेबाजी वनएक्स बेटको प्रचार गरेको आरोपमा २२ वर्षीय युट्युबर राजकुमार थापा पनि पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले थापालाई शुक्रबार कपनबाट पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक घर भएका राजकुमार हाल काठमाडौं बुढानिलकण्ठमा बस्दै आएका छन् ।

आफूलाई राजकुमार थापा भनेर चिनाउने उनको वास्तविक नाम भने राजकुमार तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजकुमारले बेटिङ एप्लिकेसन वनएक्स बेट मार्फत विभिन्न खेलहरू खेलाउनका लागि आफ्नो युट्युब च्यानल प्रयोग गर्थे ।

आफ्ना हरेक भिडिओमा वनएक्स बेटलाई प्रचार गर्ने प्रोमो कोड दिएर विज्ञापन गरी सर्वसाधारणलाई सट्टेबाजी गर्न तथा गराउन उत्प्रेरित गरेको प्रहरीको आरोप छ ।

उनीमाथि थप अनुसन्धान गर्न आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यसअघि अवैध सट्टेबाजीको प्रचार गरेको आरोपमा कलाकार तथा युट्युबर गरी आठजना पक्राउ परिसकेका छन् ।

2760
Shares

ट्रेन्डिङ