सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा वडा अध्यक्ष सहित ३ जना पक्राउ, १८ दिन देखि ठडेन्द्रको शव अस्पतालमै

काभ्रेमा वडा अध्यक्ष सहित ३ जना पक्राउ, १८ दिन देखि ठडेन्द्रको शव अस्पतालमै

127905
Shares
काभ्रेमा वडा अध्यक्ष सहित ३ जना पक्राउ, १८ दिन देखि ठडेन्द्रको शव अस्पतालमै

काभ्रे : जाहेरी दर्ता गर्न नै ९ दिन लगाएको काभ्रे प्रहरीले आत्महत्या दुरुउत्साहान मुद्धामा घटना भएको १७ दिन पछि १ जना वडा अध्यक्ष सहित ३ जनालाई पक्राउ गरेको छ ।

काभ्रे जिल्लाको भुम्लु गाउपालिका वडा नम्बर १ का वडा सहित ३ जनालाई घटना भएको १७ दिन पछि जिल्ला प्रहरी कार्यालय काभ्रेले आज पक्राउ गरेको हो ।
जनप्रतिनिधी र उच्च राजनैतिक सम्लग्नता भएका व्यक्ति सहितको जाहेरी आएकाले प्रहरीले आलटाल गर्दै जाहेरी मात्र पनि घटना भएको ९ दिन पछि दर्ता गरेको हो भने १७ दिन पछि वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ बर्षिया दानकुमारी महत खत्री र ४६ बर्षिया ताराबहादुर पन्तलाई आज पक्राउ गरेको हो ।

भुम्लु वडा नं १ का वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष दानकुमारी महत खत्री र ताराबहादुर पन्त विरुद्ध आत्महत्या दुरुत्साहानमा मृतक ठडेन्द्रबहादुर पन्थका छोरा शेरबहादुर पन्थले जाहेरी दिएका थिए । असार १० गतेको घटना भए पनि प्रहरीले उजुरी दर्ता ९ दिन पछि असार १९ गतेमात्र दर्ता गरेको थियो ।

उता ठडेन्द्रको शव १८ दिन देखि अझै धुलिखेल अस्पतालमै राखिएको छ। ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय भतिज रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा स्थानिय जनप्रतिनिधिसहित ३ जना विरुद्ध जाहेरी दिएका हुन ।

भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ बर्षिया दानकुमारी महत खत्री र ४६ बर्षिया ताराबहादुर पन्तविरुद्धको जाहेरी दर्ता गत असार १९मा मात्र प्रहरीले गरेको थियो ।

असार १० गते बिहान ६ बजे भुम्लु गाउँपालिकाको सापिङ्ग स्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । ठडेन्द्रबहादुर पन्तको श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता भएको पुरै कित्ता जग्गा मध्ये ३ आना जग्गा दिने सहमति भई बैना बापत ३० हजार भुक्तानी भएको थियो ।

३ लाख रुपैयाँमा खरिद भएको जग्गाको बाँकी २ लाख ७० हजार रुपैयाँ भुक्तानी नगरी पटक पटक भवन निर्माण कार्य गरेको अवस्थामा जग्गा पास गरिदिन्छु बाँकी रकम दिनु भन्दा बेवास्ता गर्दै उल्टै धम्की दिन थाले पछि ठडेन्द्र विक्षिप्त भएका उनले आत्महत्या रोजेको भन्दै पिडित छोरो शेरबहादुरले वडा अध्यक्ष लगायत विरूद्ध जाहेरी दिएका हुन ।

वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते मृतक ठडेन्द्रलाई भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लब्सि को रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेकै पर्सिपल्ट जग्गाकै छेउमा रहेको लब्सिको रुखमा झुन्डिएको अवस्थामा ठडेन्द्रको शव फेला परेको थियो ।

निर्वाचित जनप्रतिनिधि लगाएत स्थानीय विरुद्ध नै जाहेरी आएकाले घटना भएको ९ दिन पछि विभिन्न संचार माध्यमले समाचार हरु प्रकाशन गरे पश्चात मात्र गरेको प्रहरीले अहिले भने घटना भएको १७ दिन पछि जनप्रतिनिधी सहित तिनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यलय काभ्रेका प्रमुख एसपि भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।

‘वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, वडा सदस्य दानकुमारी महत खत्री र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्तले असार ८ गते भेटेर तथा फोनमा समेत ठडेन्द्रलाई लप्सीको रुखमा बाँधेर भए पनि पास नभएको जग्गामा भवन बनाउँछु भनेर धम्की दिएको र सोहि धम्किले गर्दा नै आफ्नो काकाले आत्महत्या गर्न बाध्य भएको र उहाको शब जलाउन सम्मपनि आफुहरुसंग खर्च नभएकोले सहयोगी हातहरुको खोजि गरिरहेको मृतकका भतिज रोमबहादुर पन्तले जानकारी दिए ।

उनका अनुसार न्यायका लागि जाहेरी लिएर प्रहरी कार्यालय धाई रहेका हौँ ।’ जाहेरी दर्ता हिजो भएको छ। अब पोस्ट मार्टम रिपोट नभई हामीले अदालतबाट पक्राउ पुर्जी जारि नभई थप कार्य गर्न सक्ने प्रहरीले जनाएको उनी बताउछन। पिडित पक्षको माग भने जाहेरी अनुरुप कारबाही प्रक्रिया अघि बढाएर पक्राउ नगर्दासम्म शव नबुझ्ने निर्णय गरेको भतिज रोमबहादुर पन्तले बताएका छन्।

उनले पक्राउ परेको हामिले नि सुनेका छौ प्रहरीबाट शब बुझ्न आउन भन्दै फोन आएको छ । प्रहरिले सर्जिमिन नगरेसम्म आफुहरु शब बुझी नलिने मृतकका भतिज बताउदै आएको छन । उनले सहयोगी हातको खाचो रहेको समेत बताएका छन ।

127905
Shares

ट्रेन्डिङ