सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • महावीर पुनले गरे राजनीतिमा आउने संकेत

महावीर पुनले गरे राजनीतिमा आउने संकेत

2400
Shares
महावीर पुनले गरे राजनीतिमा आउने संकेत

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत गरेका छन् । बिहीबार मध्यान्ह ट्वीटरमार्फत उनले विगतमा एक प्रतिशत सम्भावना भएका काममा सफल भएको भन्दै आफू सांसद बन्ने सम्भावना एक प्रतिशत रहेको बताए ।

विगतमा एक प्रतिशत सम्भावना देखेका पाँच वटा काममा सफलता मिलेको पुनले उल्लेख गरेका छन् । उनले स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पुर्‍याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको बताए ।

उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा उल्लेख गरे । ‘गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा रहिरहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ,’ उनले लेखेका छन् ।

दीर्घकालीन सपनासहित मरिमेटेर काम गर्ने आम नेपालीहरुको लागि आवश्यक कानुन बनाउन नेताहरुले नसक्ने उनको जिकिर छ । ‘दीर्घकालीन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरु को लागी आवश्यक कानुन बनाउन नेताहरुले नसक्ने र मन्त्रालयका सचिवहरूले कानुन छैन भनेर दुःख दिने तरिकाले देशको आर्थिक स्थिति सुध्रँदैन र त्यो कुरा कसैलाई पनि सह्य हुने छैन, ’ उनी भन्छन् ।

 

2400
Shares

ट्रेन्डिङ