सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेविसंघ काभ्रेको सम्मान

एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेविसंघ काभ्रेको सम्मान

2205
Shares
एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेविसंघ काभ्रेको सम्मान

काभ्रे : नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । शनिवार बनेपामा एक कार्यक्रम गरेर नेविसंघ काभ्रेले नीजि विद्यालयबाट ३ दशमलव ९५ सिजिपिए ल्याउने १२ जना, सामुदायिक विद्यालयबाट ३ दशमलव ७५ सिजिपिए ल्याउने सामुदायिक विद्यालयका ९ जनासहित विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने ९ सय ५० विद्यार्थीलाई सम्मान गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमत्री उदयशमशेर राणा, केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्ले, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामालगायतले उनीहरुलाई प्रशंसा–पत्रसहित सम्मान गरेका हुन् ।

कार्यक्रमलाई संवोधन गर्दै पूर्व अर्थमन्त्री राणाले सूचना–प्रविधी लगायतका प्राविधिक विषयमा सम्भावनाहरु रहेको भन्दै जुनसुकै बिषय पढेपनि उत्कृष्ट हुनुपर्ने बताए ।

काग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहसम्म पुग्नुपर्ने बताए । पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले मुलुकमा हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै कांग्रेसको नर्सरीको रुपमा रहेको नेपाल विद्यार्थी संघले पनि शैक्षिक क्षेत्रको नेतृत्व लिनुपर्ने बताए । बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले विद्यार्थीहरु भविष्यका कर्णधार र नेतृत्व भएको भन्दै अहिले देखि नै शिक्षा, ज्ञान, सिप आर्जनतर्फ लाग्नुपर्ने बताए । एकतामा बल हुने भन्दै उनले संगठन निर्माणमा एकजुट भएर लाग्न सबैमा अनुरोध गरे ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री रहेका नेपाली कांग्रेस काभ्रेका सचिव माधवप्रसाद ढकाल, कांग्रेस जिल्ला सचिव गुणराज मोक्तान, रोशी गाउँपालिका अध्यक्ष समेत रहेका प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नेपाल तरुण दल काभ्रेका पूर्व अध्यक्ष रहेका भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, तरुण दल काभ्रेका अध्यक्ष सुजन लामा लगायतले विद्यार्थी र उच्च शिक्षा अध्ययनबारे चर्चा गरेका थिए । नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अञ्जनराज खतिवडाले कार्यक्रमा भव्य र सफल बनाउन सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।

2205
Shares

ट्रेन्डिङ