सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जिल्ला अदालत काभ्रेको प्रगति १००.४ प्रतिशत

जिल्ला अदालत काभ्रेको प्रगति १००.४ प्रतिशत

1850
Shares
जिल्ला अदालत काभ्रेको प्रगति १००.४ प्रतिशत

काभ्रे : जिल्ला अदालत काभ्रेपलाञ्चोकले बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । अदालतले आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण सार्वजनिक गरेको हो ।

जिल्ला अदालले लक्ष्य भन्दा १ थान बढी मुद्दा फछ्र्यौट गरेको छ । अर्थात २ हजार ३१४ थान मुद्दा फछ्र्यौट भएको हो । जिल्ला अदालतले आर्थिक वर्ष २०७९/०८० मा २ हजार ३१३ फछ्र्यौटको लक्ष्य राखेको थियो ।

लक्ष्य भन्दा ३४७ वटा मुद्दा दर्ता भएका छन् । ४ जना न्यायाधिश मध्ये सबैभन्दा बढी ८८१ (११३.११ प्रतिशत) मुद्दा न्यायधिश मोहनराज भट्टाईले छ्र्यौट गर्नुभएको छ । उहाँको लक्ष्य ७७८ रहेको थियो ।

सबैभन्दा कम न्यायाधिश राजेन्द्र नेपालको रहेको छ । ७६८ लक्ष्यमा ६४९ अर्थात ८४.५० प्रतिशत मुद्दा मात्रै फछ्र्यौट भएको छ । न्यायधिश रिता कुमारी बखेलले लक्ष्यको १०१.१७ प्रतिशत मुद्दा फछ्र्यौट गर्नुभएको छ । न्यायधिश महेन्द्रराज काफ्ले १०० प्रतिशत मुद्दा फछ्र्यौट गर्नुभएको छ ।

1850
Shares

ट्रेन्डिङ