सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • साँगामा बस दुर्घटना अपडेट: ८ जना घाइते

साँगामा बस दुर्घटना अपडेट: ८ जना घाइते

2430
Shares
साँगामा बस दुर्घटना अपडेट: ८ जना घाइते

काभ्रे : काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमास्थित सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस खस्दा आठ जना घाइते भएका छन्। काठमाडौंबाट काभ्रे जाँदै गरेको बा ४ ख ९३९६ नम्बरको बस साँगामा खसेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ८ जना घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ। मध्यपुर थिमी अस्पतालमा पाँच जना र डा. इवामुरा अस्पतालमा तीन जनाको उपचार भइरहेको हो।

उक्त बसमा सवार अन्यको पनि प्रहरीले उद्धार गरिसकेको छ। उक्त बसमा अन्दाजी १५-२० जना सवार थिए। के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धानपछि थाहा हुने डिएसपी पाठकले बताए।

2430
Shares

ट्रेन्डिङ