सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

कस्तो रहला आजको मौसम ?

1940
Shares
कस्तो रहला आजको मौसम ?

काठमाडौं, साउन ४ : मौसम पूर्वानुमान महाशाखाले आजदेखि आगामी तीन दिन कम वर्षा हुने जनाएको छ ।

मनसुनी रेखा सरदर स्थानको दक्षिणतिर रहेकाले आज दिउँसो देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थान हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भाग एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले बिहान सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

भोलि (शुक्रबार) पनि देशका केही स्थानमा मात्रै वर्षा हुनेछ । भोलि दिउँसो देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भाग एक-दुई स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

शनिबार सुदूरपश्चिम, कार्णाली, लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भाग एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

1940
Shares

ट्रेन्डिङ