सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एमाले काभ्रेका जिल्ला कमिटी सदस्य पराजुली माओवादीमा फर्किए

एमाले काभ्रेका जिल्ला कमिटी सदस्य पराजुली माओवादीमा फर्किए

1985
Shares
एमाले काभ्रेका जिल्ला कमिटी सदस्य पराजुली माओवादीमा फर्किए

काभ्रे : नेकपा एमाले काभ्रेका जिल्ला कमिटी सदस्य नकुल पराजुली माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

माओवादी केन्द्रका नेता पराजुली नेकपाकालिन हुँदै एमाले समाहित हुनुभएको थियो । २०७९ सालको निर्वाचनमा पालिका अध्यक्ष टिकट पाउने आश्वासनका साथ एमालेमै बस्नुभएका पराजुली अन्नतः टिकट नपाएपछि निष्क्रिय हुनुहुन्थ्यो ।

पराजुलीसंगै नारायण बानियाँ (दिपेश) पनि माओवादी केन्द्रमै फर्किनुभएको छ । एमाले छोडेर आफ्नो प्ुरानै पार्टी फर्किएका पराजुली र बानियाँलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए । जिल्ला पार्टी इन्चार्ज एवं सासंद सूर्यमान दोङ (लालध्वज), प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीसंगै माओवादी काभ्रे जिल्ला कमिटीले पराजुली र बानियाँलाई स्वागत गरेको हो ।

पार्टी प्रवेशपछि दिपेशले लेख्नुभएको छ ‘केही समय बिरानो, अन्योल, अन्धकार पुर्ण, मुलत गलत माहोलमा फस्न पुगेछाैँ र अलमलिएछाैँ हामि । गम्भीर आत्मसमीक्षा सहित धुम्तिबाट मोडियो र सहि, सुन्दर, स्पष्ट र आफ्नोपनको माहोलमा पुगियो आज । त्यहि फसेर अझै अलमलि रहनु भएका सबै प्रिय कमरेडहरु ढिलो नगरी आउन हुन हार्दिक अनुरोध, आग्रह र अपिल गर्दछु ।’

1985
Shares

ट्रेन्डिङ