सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • रोशी-११ मा केन्द्रिय प्रसारण लाईन जडान, एक सय ३५ घरधुरी झिलिमीली

रोशी-११ मा केन्द्रिय प्रसारण लाईन जडान, एक सय ३५ घरधुरी झिलिमीली

1820
Shares
रोशी-११ मा केन्द्रिय प्रसारण लाईन जडान, एक सय ३५ घरधुरी झिलिमीली

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाईन जडान भएको छ । वडा नं. ११ को एक सय ३५ घरधुरीमा केन्द्रिय प्रसारणलाईनबाट बिजुली बल्ने भएको हो ।

सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रसारणलाईनको एमसिबीबक्समा स्वीच अन गरेर शुभारम्भ गरेका छन् । सो वडामा केही समय अगाडी ३८ घरमा लाईन जोडिसकेको थियो भने अहिले १३५ घरधुरीमा जडान गरेको हो ।

वडामा ८ सय घरधुरीमा केन्द्रिय प्रसारण लाईन नभएकोमा एक सय ७३ घरधुरीमा जोडीएको छ । अन्य घरधुरीमा छिटै नै लाईन जोडिने गाउँपालिका अध्यक्ष लामाले बताए । यस भन्दा पहिला सो घरधुरीमा लघुबिद्युतबाट बिजुली बाल्दै आएका थिए ।

केद्रिय प्रसारण लाई जडान भएपछि स्थानीयहरू खुसी भएका छन् । राष्ट्रिय प्रसारण लाईन जडान हुदा दिनरातै बिद्युत आउने भन्दै स्थानीय खुसी भएका हुन् । ‘अब त राष्ट्रिय लाईन आयो हामी केही उद्यम गर्नलाई सहज हुने भयो ।’ रोशी-११ का एक स्थानीयले भने, ‘केही नगरी गर्मीमा सुतेरै बस्छु भन्दा पनि पंखा चलाएर मज्जाले सुत्न पाईयो नी ।’

केन्द्रिय प्रसारण लाईन जडानको लागि ५ करोडमा ठेक्का लागेको भएपनि शाखा लाईनको लागि ३ करोड खर्च भएको छ ।

उक्त प्रसारण लाईन जडान कार्यक्रममा नेपाली कौग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा, वडाध्यक्ष लालकुमार पाख्रिन लगायतको उपस्थिती रहेको थियो ।

1820
Shares

ट्रेन्डिङ