सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ओलीले भने-कांग्रेसले सय तह जित्नु अचम्म !

ओलीले भने-कांग्रेसले सय तह जित्नु अचम्म !

2965
Shares
ओलीले भने-कांग्रेसले सय तह जित्नु अचम्म !

जेठ ९, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा कांग्रेसले एकसय तह जित्नु अचम्म भएकोबताएका छन् । एमालेको तर्फबाट निर्वाचित पार्टीका उम्मेदवारहरुको विजय र्‍यालीपछि भएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै सिद्धान्त नभएको कांग्रेसले यत्रो सीट ल्याउँदा आफू अचम्मित भएको बताएका हुन् ।
‘कुनै सिद्धान्त नभएको कांग्रेसले स्थानीय तहको निर्वाचनमा कसरी यत्तिका सीट ल्यायो, म आफै अचम्मित भएको छु’, उनले भने। अध्यक्ष ओलीले निर्वाचन ताका बुथ कब्जा गरेको र अहिले एमाले जित्ने महानगर र नगरपालिकामा बखेडा झिकिरहेको आरोपसमेत लगाए ।
‘एमालेले जित्ने निश्चित भएपछि पोखरा महानगरपालिका र अन्य नगरपालिकामा कांग्रेस र माओवादीले एमालेविरुद्ध भ्रम छर्ने काम गरेका छन्’, उनले भने, ‘कांग्रेस र माओवादीले जुनसुकै बल गरे पनि दोस्रो चरणमा निर्वाचनमा पनि एमालेले बहुमतसहित सानदार जीत निकाल्नेछ।’ एमालेको नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव भएको अध्यक्ष ओलीको दावी थियो।
-अन्नपूर्ण पोस्ट

2965
Shares

ट्रेन्डिङ