सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • पढ्नकै लागि एक खर्ब ४४ अर्ब रुपैयाँ खर्च

पढ्नकै लागि एक खर्ब ४४ अर्ब रुपैयाँ खर्च

1165
Shares
पढ्नकै लागि एक खर्ब ४४ अर्ब रुपैयाँ खर्च

काठमाण्डौ – गएको आर्थिक वर्ष २०७९/८० मा नेपालको खुद सेवा आय ८३ अर्ब ८५ करोड रुपैयाँले घाटामा रहेको छ ।

गएको वर्ष सेवा खाता अन्तर्गत विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा झण्डै ९० प्रतिशतले धेरै हो ।

तर विदेशीले नेपालमा ६१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकोमा नेपालीले भने विदेशमा गर्ने खर्च भने झण्डै डेढ खर्ब रुपैयाँ रहेको छ ।

गएको वर्ष नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय एक खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ४८ प्रतिशतले धेरै हो ।

गएको आर्थिक वर्षमा नेपालीले विदेशमा पढ्नकै लागि एक खर्ब ४२ करोड रुपैयाँ खर्च गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालीले विदेशमा पढ्न जम्मा ६७ अर्ब ७० करोड रुपैयाँ खर्च गरेकोमा गएको आर्थिक वर्ष २०७९/८० मा एक खर्ब रुपैयाँ नाघेको हो ।

1165
Shares

ट्रेन्डिङ