सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

1180
Shares
सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाण्डाै | नेपाल राष्ट्र बैंकले तिहारका लागि लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ । तिहारमा सुनको असर्फी र चाँदीका मेडालियन सिक्का अभाव नहुने गरी मौज्दात रहेको राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले बताएका छन । 

यस्तै चाँदीको मेडालियन सिक्का पनि १२५ ग्राम र १० ग्रामको रहेको राष्ट्र बैंकले जनाएको छ । २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ । यस्तै १० ग्रामको सिक्कामा भने गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मी अंकित रहेको टक्सार विभाग प्रमुख आचार्यले बताए ।

१९ देखि २४ कात्तिकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

1180
Shares

ट्रेन्डिङ