सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बनेपामा आमा छोरा मृत फेला,श्रीमान भने अचेत अवस्थामा फेला

बनेपामा आमा छोरा मृत फेला,श्रीमान भने अचेत अवस्थामा फेला

25335
Shares
बनेपामा आमा छोरा मृत फेला,श्रीमान भने अचेत अवस्थामा फेला

काभ्रे / काभ्रेको बनेपा नगरपालीकाको वाडा नं. ११ सिनागालमा आमाछोरा मृत अवस्थामा फेला परेका हुन् । सिनागाल स्थित बाँनियाटोलमा पाँचखाल नगरपालिका ६ स्थाई घर भएकी ३० बर्षीया मनिषा कार्की घिमिरे र उनका ६ बर्षका छोरा युवान घिमिरे मृत अवस्थामा फेला परेका छन् ।

मनिषाका श्रीमान भने अचेत अवस्थामा फेला परेका थिए ।पाँचखालका स्थायी बासिन्दा रहेका उनीहरु सिनागालमा डेरा गरी बस्दै आएका थिए । उनीहरुको कोठामा औषधी र विषादी समेत फेला परेको इलाका प्रहरी कार्यालय बनेपाले जाकारी दिएको हो ।

अचेत अवस्थामा फेला परेका ३३ बर्षीय माधवप्रसाद घिमिरेको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनका श्रीमति र छोरालाई विषय खुवाएर आफूले पनि खाएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

घिमिरेको परिवारले बनेपाको तीनदोबाटोमा व्यवसाय सञ्चालन गर्दै आएको थिए । माधवले केही समयदेखि डिप्रेसनको औषधी सेवन गरिरहेको प्रहरी कार्यालय बनेपाले जाकारी दिएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बनेपाले बताएको छ ।

25335
Shares

ट्रेन्डिङ