सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

आज यी स्थानमा दिनभर वर्षा

10670
Shares
आज यी स्थानमा दिनभर वर्षा

काठमाडौं, ८ भदौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका केही स्थानमा भारी वर्षको समेत सम्भावना छ ।

अबको २४ घण्टा सबै प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको भन्दै नदीमा जल सतह बढ्ने, बाढीपहिरोको सम्भावना र हवाई तथा यातायात सेवासमेत अवरुद्ध हुनसक्नेप्रति सचेत गराइएको छ ।

10670
Shares

ट्रेन्डिङ