सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धुलिखेलमा कोभिड खोपको अनुगमन गर्न उच्च स्तरीय टोली

धुलिखेलमा कोभिड खोपको अनुगमन गर्न उच्च स्तरीय टोली

4665
Shares
धुलिखेलमा कोभिड खोपको अनुगमन गर्न उच्च स्तरीय टोली

 

काभ्रे : उच्च स्तरीय टोलीले धुलिखेल नगरपालिकामा कोभिड -१९ बिरुद्दको खोप कार्यक्रमबारे छलफल तथा अनुगमन गरेको छ ।

उच्च स्तरीय टोलीले आज नगरपालिकाको सभाहलमा भैसकेको कोभिड खोपको अनुगमन गरेको हो ।

नगरपालिकाले कोभिडको पूर्णखोप नगर अभियान अन्तर्गत कोभिशिल्ड, भेरोसिल, एस्ट्राजेनिका, जेन्सेन एण्ड जेन्सेन र मोडर्ना खोपका पहिलो, दोश्रो तथा बुस्टर मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

अनुगमन तथा छलफल कार्यक्रममा नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ, उपप्रमुख बिमला शर्मा चौलागाईं, बिश्वबैंकका निर्देशक FarisHadad-Zervos, नेपालका लागि युनिसेफका निर्देशक Dr.Elke Wisch, नेपालका लागि बिश्व स्वास्थ्य संगठनका निर्देशक Dr.Rajesh Sambhajirao Pandav र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च पदस्त अधिकारीहरू सहभागी भएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै स्वास्थ्य कार्यालय काभ्रे र धुलिखेल अस्पतालको अधिकारीहरू समेत सहभागी हुनुभएको थियो ।

 

4665
Shares

ट्रेन्डिङ