सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • हरितालिका तिज विशेष कार्यक्रम

हरितालिका तिज विशेष कार्यक्रम

3325
Shares
हरितालिका तिज विशेष कार्यक्रम

काभ्रे – नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुने भएको छ । ‘मौलिक संस्कृतिको जोगाऔं : भड्किलो विकृतिलाई रोकौं’ भन्ने नारका साथ जिल्ला समन्वय समिति काभ्रे र सञ्चारिका समूह काभ्रेको संयुक्त आयोजनामा काभ्रेमा वृहत तिज विशेष कार्यक्रम हुन लागेको हो ।

हरितालिका तिजको पावन अवसरमा शुभकामाना आदान – प्रदान गर्दै यस पटक जिल्लाका जिल्ला स्थित सम्पूर्ण निजी र सरकारी संघ-संस्था तथा कार्यालयका महिला कर्मचारीहरुको सहभागितामा तिज विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले जानकारी दिए ।

आफ्ना दुःख, पिर व्यथालाई भुलेर खुशी साटासाट गर्दै नेपाली महिलाहरुले मनाउँदै आएको तिज पर्वलाई खर्चिलो र भड्किलो नबनाउन उनले आग्रह गरे । तिज विशेष कार्यक्रम यहीँ भदौ २६ गते बनेपा स्थित स्मार्ट पार्टी प्यालेसमा तिज विशेष कार्यक्रम हुनेछ । जिल्ला स्थित सम्पूर्ण संघ/संस्था तथा कार्यालयका कर्मचारी एवं सम्पूर्ण महिलाहरुलाई कार्यक्रममा सहभागिताका लागि समन्वय प्रमुख गौतमले अनुरोध गरे ।

3325
Shares

ट्रेन्डिङ