सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काभ्रेमा घाँस काटीरहेकी महिलाकाे कानको मुन्द्रा र सिक्री लुटेर फरार

काभ्रेमा घाँस काटीरहेकी महिलाकाे कानको मुन्द्रा र सिक्री लुटेर फरार

57665
Shares
काभ्रेमा घाँस काटीरहेकी महिलाकाे कानको मुन्द्रा र सिक्री लुटेर फरार

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ८ मा अनौठोको घटना भएको छ ।

शुक्रबार दिउँसो सिमडोलमा घाँस काट्दै गरेका महिलालाई दुइ जना अपरिचित व्यक्तिले यो बाटो कहाँ जान्छ भनेर सोधेका थिए, त्यसपछि लुटेराहरु मध्येका एक जनाले महिलाको घाँटीमा खुकुरी तेर्स्याएर, महिला कराउन थालेपछि कराउछेस भन्दै मुखमा कपडा कोचेर कानको मुन्द्रा र सिक्री चोरी गरेको प्रहरीले जनाएको छ ।

घाँस काटिरहेकी ४८ बर्षीय महिलाको कानमा रहेको मुन्द्रा र घाँटी सिक्री चोरी गरेर उनीहरू फरार भएको बताईएको छ । लुटेरा समूहको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

महिलाले चोरी गर्ने ब्यक्तिलाई कारबाहीको माग गर्दै पनौती प्रहरी चौकीमा निदवेदन दिएकी छन् ।

57665
Shares

ट्रेन्डिङ