सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सुन प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु : मन्त्री लामा

सुन प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु : मन्त्री लामा

1245
Shares
सुन प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु : मन्त्री लामा

काभ्रे :- बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ बहादुर लामाले सुन तस्करीमा आफ्नो कुनै संलग्न नभएको भन्दै प्रमाणित गर्न चुनौती दिनुभएको छ । राष्ट्रिय प्रसारणको एक टेलिभिजनमा अन्तर्वार्तादिँदै मन्त्री लामाले प्रमाणित भए आफु खुल्ला मञ्चमा झुण्डिन तयार रहेको बताउनुभयो ।

मलद्वारमा लुकाएर ल्याएको अवस्थामा बरामद सुनमा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति समेत रहनुभएका मन्त्री लामाको समेत संलग्नता रहेको आशय युक्त समाचार केहीदिन अघि विभिन्न सञ्चार माध्यमले प्रकासन गरेका थिए । उक्त समाचार विरुद्ध मन्त्री लामाले प्रेस काउन्सिलमा उजुरी समेत दिइसक्नुभएको छ ।

‘काभ्रेका भाईहरुले गरेका रहेछन् । काभ्रेको केही केटाहरु रहेछन् । मैले उहाँहरुलाई चिन्दापनि चिन्दिन । काभ्रेका को मान्छे के गर्छ भन्ने कुरा मलाई थाहा हुने कुरा भएन् ।’ विकास लामा चाँही को भन्ने प्रश्नमा मन्त्रीले भन्नुभयो ‘विकास लामा नेपाली कांग्रेस बागमती प्रदेश कार्य समिति सदस्य हो । उसले कहाँ के गर्छ भन्ने कुरा थाहा छैन् । उहाँ नेपाली काँग्रेसको कार्यकर्ता हो । ५–६ महिना अघि भेट भएको थियो । त्यसपछि मेरो भेट भएको छैन् । मैले संरक्षण गरेको छैन् ।’

मन्त्री लामाले अन्तर्वार्ताको क्रममा आफु समाजमा रहेको वेतिथीका विरुद्ध लामो समयदेखि अनवरत रुपमा लागिरहेको भन्दै सुन तस्करमा संलग्न ब्यक्तिहरु आफुले नचिनेको दाबी गर्नुभयो । ग्राण्ड डिजाइण्डका साथ आफुलाई फसाउने उद्देश्यले जिल्लाका केही पत्रकारहरुले आफ्नो नाम जर्बजस्ती यो प्रकरणमा मुछेको मन्त्री लामाको भनाई छ ।

सुन तस्करको अनुसन्धानको क्रममा आफु प्रमाणित भए जीवनभर काभ्रे नफर्किने मन्त्री लामाले बाचा गर्नुभएको छ । ‘मेरो २५–३० वर्षदेखिको राजनीतिक ईतिहासलाई मेटाउने गरी षडयन्त्र रचिएको छ । ३० औँ वर्षको राजनीतिक जीवन सकाउने प्रयत्न गरिएको छ । यसमा कुनै सत्यता छैन् । जनतालाई भ्रम पार्ने बाहेक अरु कुनै कुरा समाचारमा छैन् । म प्रमाणित गर्न चुनौती दिन्छु । यदि प्रमाणित भए खुल्ल्ला मन्चमा झुण्डिन तयार छु । आम जनताको अगाडी झुण्डिन तयार छु ।’ मन्त्री लामाले भन्नुभयो ।

आफु प्रेस स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकारको पक्षमा रहेको मन्त्री लामाले बताउनुभयो । ‘निस्वार्थ, निस्कलंक भएर काभ्रेली जनताको सेवामा समर्पित छु । सुशासन सहितको विधि स्थापित गराउने पक्षमा म प्रतिबद्ध छु । म सधै भ्रष्टचार रहित समाजको परिकल्पनाका साथ राजनीति गर्ने मान्छे हुँ ।’ मन्त्री लामाले भन्नुभयो ।

२०४६ सालदेखि काभ्रेली जनताको सुख, दुःखमा साथमै रहेको लामाले बताउनुभएको छ । नेपाली कांग्रेसकै केही पक्षको उक्साहटमा आफु विरुद्ध षड्यन्त्र रचिएको मन्त्री लामाको भनाई छ । आफुलाई कुनै माथिल्लो नेताको संरक्षण आवश्यक नरहेको बताउनुभयो । ‘म यो कर्ममै सहभागि छैन् भने मलाई किन माथिल्लो नेताहरुको संरक्षण चाहियो । नराम्रो काम गर्नका लागि मलाई कुनै पनि नेताहरुको साथ चाहिँदैन । म आफ्नो ठाउँमा ठीक छु । म आफै बुझ्ने ब्यक्ति हुँ । अनुसन्धान गर्ने निकायले सुन तस्करमा तीर्थ लामा पनि छन् भन्ने पुष्टि गरोस् जुन सुकै प्रकारको कारबाही भोग्न पनि तयार छु ।’ लामाको भनाई छ ।

मन्त्री लामाले आफु सम्पन्न परिवारको मान्छे नभएपनि एकछाक खान पुग्ने ब्यक्ति भएको बताउनुभयो । ‘मैले आफ्नो ब्यवसाय गरिरहेको छु । मलाई कुनै किसिमको तस्कर गर्नु जरुरत छैन् । मेरो क्रसर ब्यवसाय छ । म निर्माण ब्यवसायी पनि हुँ । त्यस कारण मलाई एक छाक खान समस्या छैन् ।’ मन्त्री लामाको भनाई छ ।

1245
Shares

ट्रेन्डिङ