सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीसँग दुर्व्यवहार

बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीसँग दुर्व्यवहार

1235
Shares
बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीसँग दुर्व्यवहार

कञ्चनपुर :- कञ्चनपुरको बेलौरी नगरपालिका – ४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको छ । मंगलबार राति करिब साढे ११ बजे स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो।

स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत गैरेमाथि बिरामीलाई उपचार गरिरहेको अवस्थामा दुर्व्यवहार भएको देखिन्छ । जहाँ बिरामी बेडमा पल्टिरहेका हुन्छन् । त्यही समयमा रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको देखिन्छ। उनीहरु त्यतिमा मात्र सिमित नभएर केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ।

उनीमाथि दुर्व्यवहार भएपछि आक्रमणमा उत्रनेलाई पक्राउ नगरेको भन्दै स्वास्थ्यकर्मीले आन्दोलनको घोषणा गरेका छन् । गैरे कार्यरत श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले एक विज्ञप्ति जारी गर्दै तत्काल कारबाही नगरे ४ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रले विज्ञप्ति निकाल्दै प्रहरीले पनि घटनाप्रति गम्भीर नभएको आरोप लगाइएको छ ।

त्यस्तै गत साता हेंटौडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए। बिरामीको मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरेका थिए। उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी भएकाहरू अहिले फरार छन्।

1235
Shares

ट्रेन्डिङ