सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ

९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ

1110
Shares
९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ

काठमाडौं :- कर्तव्य ज्यान मुद्दाका ९२ वर्षीय एक फरार प्रतिवादी पक्राउ परेका छन्। साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका-१ रिठाबोटका ९२ वर्षीय पहले कामीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो।

जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले २०५४/१२/१० गते कर्तव्य ज्यान मुद्दामा कामीविरूद्ध २१ वर्ष ६ महिना कारावासको सजाय तोकेको थियो। अदालतको फैसलापछि कामी फरार रहँदै आएका थिए। पक्राउपछि भदौ १ गते उनलाई अदालत उपस्थित गराइएको र अदालतको आदेशलाई तोकिएको कारावास सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

1110
Shares

ट्रेन्डिङ