सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मकैबारीमा भेटिएकी महिला हत्या भएको आशन्का

मकैबारीमा भेटिएकी महिला हत्या भएको आशन्का

5750
Shares
मकैबारीमा भेटिएकी महिला हत्या भएको आशन्का

बनेपा, १३ भदौ । बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकैको मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

“यो शव केही दिन अघिको नै हुनसक्छ, कुहिएको अवस्थामा छ,” उहाँले भन्नुभयो । शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले बताउनुभयो । रासस

5750
Shares

ट्रेन्डिङ