सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बेथानचोक नारी चेतना साकोसको २६औं साधारण सभा सम्पन्न

बेथानचोक नारी चेतना साकोसको २६औं साधारण सभा सम्पन्न

815
Shares
बेथानचोक नारी चेतना साकोसको २६औं साधारण सभा सम्पन्न

काभे । बेथानचोक गाउँपालिकाको वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको बेथानचोक नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभा गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष तारा राना तिमल्सिनाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष अधिकारीले २५ वर्षको गौरवमय इतिहास थुप्रै्र सफलताका कथाहरुको साक्षी रहेको भन्दै ग्रामिण भेगमा सहकारीमार्फत थुप्रै महिला दिदी बहिनीलाई क्षमतावान बनाउन सफल भएको भन्दै शुभकामना दिनुभयो ।

उहाँले सहकारी अर्थ व्यवस्थाको तीन आधारमध्येको एक महत्वपूर्ण आधार भएकोले गाउँपालिकाभित्रका सहकारीहरुको सहकार्यमा गाउँपालिकाले विभिन्न गतिविधि सञ्चाल गर्दै जाने बताउनु भयो । महिलाहरुले संचालन गरेको सहकारीको आफैंमा छुट्टै र महत्वपूर्ण भूमिका हुने भएकाले र घरदेखि समाज परिवर्तनका लागि महिला दिदीबहिनीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभया । उहाँले महिलाहरु जती जागरुक र चेतनशील हुन्छन् त्यती नै समाज व्यवस्थित हुने र समाज निर्माणमा महिलाहरुको धेरै भूमिका रहने जीकिर गर्नुभयो । उहाँले विभिन्न सीप विकास तालिम र क्षमता अभिवृद्धिका गतिविधि गर्दै महिला सशक्तिकरणको पाटोमा दत्तचित्त हुन सहकारी परिवारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं. ४ का अध्यक्ष कृष्णबहादुर लामाले बेथानचोक नारी सहकारीले ग्रामिणभेगका महिला दिदीहिनीहरुलाई संगठित भएर न्यायका लागि आवाज उठाउने र एकजुट हुने थलो निर्माण गरिदिएकोप्रति सहकारीको प्रशंसा गर्नुभयो । यतिमात्र नभइ समाजमा आइपरेका र महिला दिदीबहिनीहरुका आफ्ना पीर व्यथाहरु फुकाउने र सामुहिक समाधानको निकास दिन सहकारीमा आबद्ध समुहमार्फत सहजीकरणको काम भएको बताउनुभयो । उहाँले सामाजिक, आर्थिक हैसियतको स्तरोन्तिसँगै आर्थिक समृद्धिमा बेथानचोक नारी सहकारीको योगदान अतुलनीय रहेको बताउनुभयो ।

वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले काम गर्ने कालु मकै खाने भालु भनेझैं महिला दिदीबहिनीहरुले दुःखजिलो गरी जोहो गरेको रकम श्रीमान र परिवारका अन्य सदस्यले फुर्मासी गर्ने विगतको नजीर सम्झिदैँ अब महिलाहरु आफै स्वावलम्वनको बाटोमा हिड्नु नै लोकतन्त्रको सुन्दरपक्षहरुमध्येको एउटा पाटो भएको बताउनुभयो । साच्चि नै महिला सशक्तीकरण, महिला उत्थान र महिला आत्मानिर्भरताको कुरा गर्ने हो भने ग्रामिण भेगमा रहेको यस प्रकारका संघसंस्थाको भूमिका महत्वपूर्ण भएको भन्दै आर्थिक सम्पन्नता स्वावलम्बनले महिला हिंसा, हत्या, असमानताका घटनामा पनि बिस्तारै कमि हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नारी चेतना केन्द्रकी अध्यक्ष सृजना पौडेलले सहकारी क्षेत्रमा महिलाहरुको नेतृत्वले समाजमा सकारात्मक परिवर्तन आएको, हक अधिकारका विषयमा सजगता बढाएको व्यवस्थापन पक्षमा मात्र सिमित नभई सञ्चालक समिति तथा उप–समितिका पदाधिकारीहरुको रुपमा पनि सक्रिय रहँदा समाजमा नयाँ सन्देश गएकोप्रति खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहकारीको प्रमुख सल्लाहकार, पूर्व अध्यक्ष तथा वडा नं. ४ की महिला वडा सदस्य दिलकुमारी लामाले महिला नेतृत्व कार्यालय व्यवस्थापनका पक्षमा मात्र नभई अन्य बाह्य प्रशासनिक पक्षमा आफैमा चुनौति भए पनि नेतृत्व लिन, आफ्नै क्षमता अभिवृद्धि गर्र्न र प्राप्त अवसरलाई सदुपयोग गर्ने अवसर पनि भएकोले समाज रुपान्तरणको बाटोमा सहकार्य गर्न सबैलाई आग्रह गर्नुभयो । २६औ वसन्तका दिनसम्म आइपुग्दाका विभिन्न आयामहरु स्मरण गर्दै प्रमुख सल्लाहकार लामाले संस्थाले महिलाहरुको थप आत्म विश्वास बढाउने गरि शिक्षा दिन, प्रचार प्रसार साथै व्यवस्थापन गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो । कार्यक्रममा वक्ताका रुपमा सरस्वती मा.वि. पार्थलीका व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर केसीले संस्थालाई सफलताको शुभकामना दिनुभयो ।

बेथानचोक नारी चेतना साकोसकी उपाध्यक्ष अमृता कोइरालाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा नारी चेतना केन्द्रकी अध्यक्ष सृजना पौडेललाई ‘सहकारी अभियन्ता २०८०’ विशेष सम्मानबाट सम्मानित गरिएको थियो भने संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा विशेष सहयोग पु¥याउने डा. सविना कार्की, डा. सम्झना केसी, अस्मिता कार्की, गंगा विसुन्केलाई पनि सम्मान गरिएको थियो । यस्तै सहकारीका सदस्यहरुलाई साबुन बनाउने तालिम दिने प्रशिक्षक बिमला श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सचिवको प्रतिवेदन अनिषा थापामगर (लामा), कोषाध्यक्षको प्रतिवेदन शान्ति खत्रीले पेश गर्नु भएको थियो ।

सहकारीको २६औं साधारण सभाको बन्द सत्रले पुनः अम्बिका थापा मगरलाई आगामी कार्यकालको अध्यक्षको जिम्मेवारी सुम्पेको छ । जसको उपाध्यक्षमा अमृता कोइराला, सचिवमा अस्मिता लामा, कोषाध्यक्षमा शान्ति खत्री निर्विरोध चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा अनिता मगर, इन्दिरा थापा महत, उमा महत, दुर्गा दाहाल, निशा तामाङ, रुपा लामा, सरु लामा निर्विरोध चयन हुनु भएको छ । यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा दिपा श्रेष्ठ र सदस्यहरुमा अस्मिता लामिछाने गुरागाई र निर्मला तामाङ निर्विरोध चयन हुनु भएको संस्थाका प्रवन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

815
Shares

ट्रेन्डिङ