सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

805
Shares
गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिका – ७, छेकम्पारकी ४१ वर्षीय गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरीएको छ । सोमबार पासाङ छेन्जुम लामालाई उद्दार गरेर काठमाडौ लगिएको हो ।

लामालाई सुरुमा छेकम्बार स्वास्थ्य चौकीमा लागिएको थियो । तर, स्वास्थ्य अवस्था जटिल रहेको र २४ घण्टाभन्दा लामो बेथा लागेकोले हेलिकोप्टर मगाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।

लामालाई गोरखाबाट थापाथली हस्पिटल लगिएको थियो । त्यहाँबाट पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिए । ‘उहाँलाई पुत्री लाभ भएको छ । बलैमा उद्धार भएर अवस्था पनि राम्रो छ,’ उनले भने ।

805
Shares

ट्रेन्डिङ