सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा सवारी दुर्घटना, एकको मृत्यु

काभ्रेको पाँचखालमा सवारी दुर्घटना, एकको मृत्यु

3460
Shares
काभ्रेको पाँचखालमा सवारी दुर्घटना, एकको मृत्यु

काभ्रे । अरनिको राजमार्ग अन्तर्गत काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा मोटरसाइकल दुर्घटना भएको छ ।

बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१  नम्बरको मोटरसाइकल पाँचखाल नगरपालिका ६ हनुमानगढीमा दुर्घटना भएको हो । दुर्घटनामा पनौती नगरपालिका १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

मोटरसाइकलले बसलाई ओभरटेक गर्ने क्रममा  अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको  प्रदेश ३०१००५ ख ९७०३ नम्बरको डिब्बा गाडीमा  ठक्कर  खाई दुर्घटना भएको हो ।

डिब्बा गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

3460
Shares

ट्रेन्डिङ