सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मनाङ एयरको हेलिकप्टर दुर्घटना

मनाङ एयरको हेलिकप्टर दुर्घटना

2790
Shares
मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । मनाङ एयरको ९एन–एएनजे नामक एएस ३५० सिरिजको हेलिकप्टर आज (शनिवार) बिहान दुुर्घटनामा परेको छ ।

हाइ अस्टिच्यूडको विरामीको उद्धारमा रुम्झाटारबाट लुबुचे उडेको उक्त हेलिकप्टर अवतरणका क्रममा अनियन्त्रित भएर पल्टिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार हेलिकप्टरका पाइलट बीके सेढाइ घाइते भएका छन । हेलिकप्टरमा यात्रु नभएको र उद्धार उडानमा गएको थियो । हेलिकप्टर दुर्घटनाबाट घाइते भएका क्याप्टेन सेढाइलाई फिस्टेल एयरको ९एन एजेआर हेलिकप्टरले उद्धार गरेर लुक्ला ल्याएको थियो ।

लुक्लबाट पनि क्याप्टेनलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । क्याप्टेन गम्भिर घाइते नभएको जानकारी प्राप्त भएको पनि भुलले बताए ।

उक्त हेलिकप्टर शनिबार बिहान ७ः१३ मिनेट उडेको थियो । हेलिकप्टर दुर्घटना भएको जानकारी पाएसँगै प्राधिकरणको टोली लुक्ला गइसकेको छ । त्यहाँबाट घटनास्थल पुगेर विस्तृत विवरण संकलन हुने जानकारी पनि प्राधिकरणका सूचना अधिकारी भूलले दिए ।

2790
Shares

ट्रेन्डिङ