सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दशैं अवधिमा १६ जनाको दुर्घटनामा मृत्यु

दशैं अवधिमा १६ जनाको दुर्घटनामा मृत्यु

850
Shares
दशैं अवधिमा १६ जनाको दुर्घटनामा मृत्यु

विराटनगर । दशैंको अवधिमा कोशी प्रदेशमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ५ कात्तिक फुलपातीदेखि ११ कात्तिक कोजाग्रत पूर्णिमासम्म १३५ वटा गाडी दुर्घटना भएको थियो । जसमा १६ जनाको मृत्यु भएको हो । ती दुर्घटनामा २६५ जना घाइते भएका छन् र ४१ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीले दशैंमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरेको थियो । कारवाहीबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९–०८० को दशैंमा काेशी प्रदेशमा १८० वटा गाडी दुर्घटनामा भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो भने २२६ जना सामान्य घाइते भएको थियो ।

850
Shares

ट्रेन्डिङ