सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नगर प्रमुखले गरे दुर्घटनामा परेकाको उद्धार

नगर प्रमुखले गरे दुर्घटनामा परेकाको उद्धार

1745
Shares
नगर प्रमुखले गरे दुर्घटनामा परेकाको  उद्धार

काभ्रे । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको यात्रुबाहका बस र विपरित दिशाबाट आइरहेको मोटरसाइकल नमोबुद्ध नगरपालिका वडा न. ६ स्थित १ नम्बर पुलमा एक आपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् ।

सिन्धुलीतर्फ जाँदै गरेको ग २ ख १५६३ नम्बरको बस र बाग्मती प्रदेश ०२–०२० प ३७५५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं २ बर्ष २१ का सुरेन्द्र चौधरीको टाउको र आँखामा चोट लागि गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीलाई नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले आफूले प्रयोग गर्दै आएको सवारीसाधन पठाएर तत्काल उद्धार गरेका थिए । राजमार्गमा हुने दुर्घटनामा नगरप्रमुख लामाले आपतकालिन अवस्थाको लागि आफ्नो सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएका छन् ।

गाडी र चालक प्रहरी चौकी भकुण्डेवेशीको नियन्त्रणमा रहेको र वी.पी राजमार्गमा यातायात सुचारु भइसकेको भकुण्डेवेशीका इञ्चार्ज प्रहरी वरिष्ठ नायव निरिक्षक प्रमोदकुमार शाहले जानकारी दिए ।

1745
Shares

ट्रेन्डिङ