सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पेस्तोल देखाएर ५० लाख लुटपाट

पेस्तोल देखाएर ५० लाख लुटपाट

1355
Shares
पेस्तोल देखाएर ५० लाख लुटपाट

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ रतवारा गाउँमा डाकाहरुको समूहले  गए राति बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्।

राति १ः३० बजे जयकिशोर चौधरीको घरमा पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् ।

डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।

घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्नेबित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन्। मल्लका अनुसार कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्।

डाकाहरुले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका छन्।

1355
Shares

ट्रेन्डिङ