सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

1125
Shares
श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

काठमाडौं | कपिलवस्तुमा श्रीमती हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका-८ बरकुलका २६ वर्षका विनयकुमार चमार श्रीमती सन्ध्या चमारको हत्या आरोपमा पक्राउ परेका हुन् । ८ कात्तिकमा सन्ध्याको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार पक्राउ परेका विनयकुमारले मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनीमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1125
Shares

ट्रेन्डिङ