सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ४ वर्षीया बालिका बलात्कार आरोपमा युवा पक्राउ

४ वर्षीया बालिका बलात्कार आरोपमा युवा पक्राउ

1145
Shares
४ वर्षीया बालिका बलात्कार आरोपमा युवा पक्राउ

अर्घाखाँची | चार वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार छत्रदेव गाउँपालिका–७ स्थित खर्‍यानबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा गुल्मी रेसुंगा नगरपालिका–१० सिखेधारा गाउँका २५ वर्षीय रामबहादुर घर्ती थापालाई बिहीबार गुल्मी र अर्घाखाँचीको सीमाना डाँडाखर्कबाट पक्राउ गरिएको प्रहरी निरीक्षक विक्रम रिजालले बताए ।

घर्ती थापाले बालिकालाई जबरजस्ती करणी गरेको उनले बताए । उनलाई अर्घाखाँची अदालतमा ९ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रिजालले बताए ।

1145
Shares

ट्रेन्डिङ