सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

2180
Shares
गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ | गएराति दाङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ।

गढवा–राजपुर हुलाकी सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ समयथान नजिक लु ३ च ३८५३ नम्बरको जीप र रा २ प ४९११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ वर्षीय श्रवणकुमार यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–२ की २६ वर्षीया सविना यादव भने घाइते हुनुभएको छ । उहाँको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनुभयो । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

2180
Shares

ट्रेन्डिङ