सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • धुलिखेलको कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास 

धुलिखेलको कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास 

795
Shares
धुलिखेलको कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास 

धुलिखेल–११ स्थित कल्छेवेशीमा सिंचाई आयोजना शिलान्यास गरिएको छ ।

आयोजनाको शिलान्यास  सिंचाई आयोजना मन्त्री तीर्थ लामाले  गरेका हुन् । जसका लागि बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत २५ लाख रकम विनियोजित भएको छ ।

उद्घाटनको क्रममा मन्त्री लामाले चुनावी प्रतिवद्धता अनुसार कल्छेबेशीका विकासका आवश्यकता क्रमशः पुरा गर्दै लैजाने बताएका छन् । उनले सो भेगको दुई सिंचाई आयोजनामा प्रदेशले लगानी गरेको भन्दै ती आयोजनामा चालु आर्थिक बर्षमा नै पुरा गर्ने गरी काम बढाउन समेत दिएका छन् ।

यसैक्रममा धुलिखेल वडा नं ११ का वडाअध्यक्ष नारायण बडालले कृषि बाहुल्य क्षेत्रमा सिंचाई आयोजनामा रकम विनियोजन गरेकोमा मन्त्रीप्रति आभार व्यक्त गरेका छन् साथै सडक निर्माणको लागि पहल गरिदिन अनुरोध पनि गरेका छन् ।

उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र हुमागाईले समयमा नै आयोजना सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका लामा मन्त्री रहेको खानेपानी, उर्जा र सिंचाई मन्त्रालयबाट मात्रै काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन भएको छ । क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन्

प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् । काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ ।

कार्यक्रममा धुलिखेल नगर उपप्रमुख निराजन जंगम, पूर्व गाविस अध्यक्ष केशव बडाल, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, १ (ख)का सहसचिव विनोद तिवारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस धुलिखेल नगर सभापति विदुर बस्नेत, शैक्षिक परामर्श संघका सचिब भवनाथ हुमागाई, नेपाल तरुण दल काभ्रेका सचिव सुरज तिमल्सिना, स्थानिय रामप्रसाद हुमागाई, डोरनाथ गौतम लगायत स्थानीयको उपस्थिती थियो ।

795
Shares

ट्रेन्डिङ