सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१

सुनचाँदीको मूल्य घट्यो

1095
Shares
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ६५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १३ हजार १५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो । जुन, आज घटेर तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

1095
Shares

ट्रेन्डिङ