सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • १ लाख ३५ हजार सहित १३ जना जुवाडे पक्राउ

१ लाख ३५ हजार सहित १३ जना जुवाडे पक्राउ

1040
Shares
१ लाख ३५ हजार सहित १३ जना जुवाडे पक्राउ

सल्यान | जिल्लामा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कालिमाटी गाउँपालिका-२ झिगानेस्थित नारायण ओलीको घरबाट बिहीबार राति ती जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २३ देखि ४६ वर्ष उमेर समूहका रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए । उनका अनुसार १३ जना जुवाडेबाट १ लाख ३५ हजार १ सय नगद र दुई गड्डी तास बरामद भएको छ ।

पक्राउ पर्नेमा कोही शिक्षक, वडा सदस्य, प्राविधिक, स्वास्थ्यकर्मी र स्थानीय रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । सबैको जिल्ला अदालतबाट म्याद थप गरिएको उनको भनाइ छ ।

1040
Shares

ट्रेन्डिङ