सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

375
Shares
गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

रतपुर । चितवन राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट पर्यटक घुमाउन गएका नेचर गाइडको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको  हो ।

रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । रेग्मीसँगै निकुञ्ज घुम्न गएका पर्यटक भने सकुशल छन् । 

375
Shares

ट्रेन्डिङ