सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सत्तारुढ दल धुलिखेल नगर कमिटिको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक, यस्ता छन् प्रतिवद्धताहरु (भिडियो )

सत्तारुढ दल धुलिखेल नगर कमिटिको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक, यस्ता छन् प्रतिवद्धताहरु (भिडियो )

5215
Shares
सत्तारुढ दल धुलिखेल नगर कमिटिको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक, यस्ता छन् प्रतिवद्धताहरु (भिडियो )

काभ्रे : सत्तारुढ दल धुलिखेल नगरकमिटिले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी धुलिखेल नगर कमिटिले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । आज धुलिखेल स्थित एक होटलमा भएको कार्यक्रमा सर्वजनिक गरिएको प्रतिवद्धतापत्रमा आर्थिक,सामाजिक,भौतिक पूर्वाधार लगायतका विषयवस्तुलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यस्तै प्राकृतिक श्रोत वातावरण संरक्षण र विपद व्यवस्थापन र शुसाशन र संस्थागत विकास समेटिएका छन् ।

धुलिखेल नगरभित्र गरीबीको अन्त्य गर्ने,पशुजन्य,फलफूल तरकारीको उत्पादकत्व वृद्धिको लागि स्थानीय युवाहरुको सिप विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । कृषकलाई दुध तथा तरकारीमा अनुदान,काभ्रे,शारदा,शंखुमा रहेका सुन्तला खेतीमा परेको नकारात्मक प्रभाव हटाई नयाँ सुन्तला खेतीको विकास गरिने उल्लेख छ ।

त्यस्तै सबैको स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै स्वस्थ जीवन जिउने व्यवस्था गर्ने उल्लेख छ । सबै नागरिको स्वास्थ्य विमा गर्ने,घरघरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने,नेपाल सरकारबाट प्राप्त हुने निशुल्क औषधी घरघरमै पुर्‍याउन लगायतका प्रतिवद्धता गठबन्धन दलको छ ।

त्यसैगरी धुलिखेल नगरको सबै वडाहरुमा नियमित स्वच्छ खानेपानीको आपूर्ति गर्ने,हरेक वडामा खानेपानी भण्डारणको व्यवस्था गर्ने,नगरभित्रका पानीका श्रोतहरुको संरक्षण गर्ने,सडकहरु पैदलयात्रूमैत्री बनाउने लगाएतका प्रतिवद्धता सत्ता गठबन्धन दल धुलिखेलको छ ।

5215
Shares

ट्रेन्डिङ