सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ‘महाजात्रा’को छायांकन सुरु

‘महाजात्रा’को छायांकन सुरु

1020
Shares
‘महाजात्रा’को छायांकन सुरु

काठमाण्डाै | निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको छ । फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको छायांकन बुधबारदेखि सुरु भएको हो ।

निर्देशक तथा पटकथाकार प्रदीप भट्टराईले फिल्मको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए । ४५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मलाई काठमाडौं र जनकपुरमा खिचिनेछ । निर्देशक भट्टराईले यो फिल्ममा बहुघटनाको कथावस्तु चित्रण हुने बताएका छन ।

मुहूर्त अवसरमा अभिनेता हरिवंश आचार्य क्यारेक्टर लुक्समै पत्नीसहित उपस्थित थिए ।

1020
Shares

ट्रेन्डिङ