सबैको समाचार
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • तिहारको ४ दिनमा एक अर्ब ३२ करोडको सुन बिक्री

तिहारको ४ दिनमा एक अर्ब ३२ करोडको सुन बिक्री

1125
Shares
तिहारको ४ दिनमा एक अर्ब ३२ करोडको सुन बिक्री

तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार भएको छ ।

 धनतेरस पर्व  तथा मंसिरको बिहेको लगनमा सुनको कारोबारमा उल्लेख्य सुधार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।तिहारको ४ दिन औषत ३५ किलोका दरले छापावल सुनको बिक्री भएको थियो । यस्तै धन्तेरसको दिन भने एकै दिन ५० किलो सुन बिक्री भएको थियो ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यले तिहारको ४ दिनमा १३५ किलो सुन बिक्री भएको बताए । जसको बजार मूल्य एक अर्ब ३२ करोड ७९ लाख ९५ हजार रुपैयाँ बराबर हुन्छ ।बजारमा यस अघि बिक्री नभएर बैंकहरुमा रहेको सुन तिहारमा खपत भएको महासंघले जनाएको छ ।

1125
Shares

ट्रेन्डिङ